धनगढीः बैतडी जिल्लामा सबैभन्दा बढी जनसंख्या रहेको पुरचौँडी नगरपालिकामा टेलिकमको नेटवर्क आकाशमा बादल लाग्नेबित्तिकै बन्द हुने गरेको छ। पुरचौँडी नगरपालिकाको कुवाकोट–५, काटैको डाँडामा रहेको टेलिकमको टावरले बादल लागेको दिन काम गर्दैन। जसकारण यस्तो समस्या आएको हो।
पाटन नगरपालिका–१०, ठाँटा बजार वा मटे गाउँ नजिक टेलिकमको टावर निर्माण गर्न सके सिगास र डडेलधुराको नवदुर्गा गाउँपालिकासम्मका सेवाग्राहीलाई सजिलो हुने स्थानीयको भनाइ छ। पुरचौँडी नगरपालिका र सिगास गाउँपालिकामा नेपाल टेलिकमको टावर छन् तर नेटवर्क भने कहिलेकहीँ मात्रै आउँछ। नेटवर्कको समस्या समाधानका लागि स्थानीयहरुले सरोकारवालासँग आग्रह गरेका छन्।
Facebook Comments Box