धनगढीः युवालय नामक संस्थाका अध्यक्ष सन्तोष महर्जनले युवाहरु जोश मात्र नभई होस भएका युवा भएको बताएका छन् । कैलालीको धनगढीमा आयोजित प्रादेशिक नीति संवाद तथा युवा महोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘हामी युवाहरुलाई जोश भएका युवा भन्छौँ, हामी जोशसँगै होश भएका युवा हौँ, होश गुमाएका युवा होइनौँ,’ उनले भने । उनले युवाहरुमा जोश र होश दुबै भएकाले युवाहरुले आफ्नो उर्जाको प्रयोग सही ठाउँमा गर्नुपर्ने बताएका छन् ।
उनले अहिले नीति तथा कार्यक्रम बन्ने चरणमा रहेको बताउँदै यो भेला युवाहरुका लागि एक अवसर पनि भएको बताए । महर्जनले आजको छलफललाई उपलब्धीमूलक बनाउनुपर्नेमा पनि जोड दिए ।
अहिले नीति तथा कार्यक्रममा युवाका कुराहरु समेट्न सके पछि गएर आफूहरुले आफ्ना समस्या राख्न ढोका घच्घच्याउनु नपर्ने उनको भनाइ थियो ।
Facebook Comments Box