विराटनगर: कोशी नाम खारेजको माग गर्दै प्रदर्शनमा आएका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा विराटनगरस्थित कोशी प्रदेशसभा भवन आसपासको क्षेत्र तनावग्रस्त बनेको छ ।
प्रदेश सभा छेउको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले रोक्न खोजेको थियो। त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। त्यसपछि प्रहरीले भीड तितरवितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ ।
प्रहरीले आज बिहानदेखि हालसम्म ३० भन्दा बढी आन्दोलनकारीका नेतालाई पक्राउ गरेको छ । विराटनगरस्थित देवकोटाचोकबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रदेशसभा घेराउ गर्ने उद्देश्यले उनीहरु त्यहाँ जम्मा हुने क्रममा बिहान ८ बजेनै पुगेका थिए ।
Facebook Comments Box