डडेल्धुरा: डडेल्धुरामा किसानलाई बाख्रा वितरण वितरण गरिएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिकाले वडा नम्बर ५ का १५ र ४ का १० गरी २५ परिवारलाई उन्नत जातका बाख्रा वितरण गरेको हो ।
स्थानीयलाई स्वरोजगार बनाउने हेतुले बाख्रा पटेक क्षेत्र विकास कार्यक्रम अन्तरगत बाख्रा वितरण गरिएको बताइएको छ । एक जना किसानलाई ४ वटा बाख्रा र खोर बनाउन एक परिवारलाई १० वटा रंगिन जस्ता पाता पनि उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीले बताए ।
संघिय सरकारको ससर्त कार्यक्रम अन्तरगतको १५ लाख रुपैयाँ बराबरको बजेटबाट किसानलाई बाख्रा र जस्ता पाता उपलब्ध गराइएको उनले बताए । दलित, विपन्न, एकल महिलालाई प्राथमिकतामा राखेर बाख्रा र जस्तापाता उपलब्ध गराइएको बताइएको छ ।
Facebook Comments Box