काठमाडौं – नेकपा पुनर्गठन राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रिय सभा सांसद वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चार बुँदे सुझाव दिएका छन् । ।
आज राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई चार बुँदे सुझाव सुझाव दिएका हुन् । सुझावमा उनले नेपाल दुई ठूला र शक्तिशाली छिमेकीका वीचमा रहेको यथार्थलाई आत्मसात गर्नुपर्नेमा जोड दिए । । ‘हाम्रो देश एकातिर अजिङ्गर र अर्कोतिर सिंह भएको अवस्थामा छ,बचेर आउनुहोला, गौतमको सुझाव छ ।
त्यस्तै, गौतमले इपिजी प्रतिवेदन कार्यान्वयनमा लैजान र नेपालको कालापानी क्षेत्र अतिक्रमण गरेर बसेका भारतीय सुरक्षा फौज त्यहाँबाट हटाउन भारतीय पक्षलाई सहमत गराउन पनि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
लिम्पियाधुरा नेपाल, भारत र चीनको त्रिदेशीय सीमा बिन्दु हो भन्नेमा दुबै छिमेकीलाई सहमत गराउन नसकेसम्म पन्चेश्वर जलविध्युत परियोजना मुलुकको पक्षमा नहुने भएकाले यसबारे पनि कुरा गर्न उनको सुझाव छ ।
गौतमले कालोधन विदेश पुर्याएर मुलुक टाट पल्टाउनेहरुमाथि तत्काल छानविन गर्न मागसमेत तेर्स्याएका छन् । ‘नेपालका ठूला उध्योगपति र सबै धनपतिहरुले मिलेमतोमा लाखौंको धितो राखेर खर्बौं रुपैयाँ नेपालका बैंकहरुबाट लगेका छन्’, उनी दावाका साथ भन्छन् ‘देशभित्र र बाहिर लगानी गरेर कालोधन कमाइरहेका छन् । अहिले बैंकहरुसँग लगानीका निम्ति पैसा छैन । अख्तियारले तुरुन्त यस्ता विषयमा कारवाही गरोस् ।’