धनगढी – सरकारले कैलालीको गेटास्थित गेटा मेडिकल कलेजलाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने भएको छ।
अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्ने यसअघि सरकारले निर्णय गरेको थियो। तर अर्थमन्त्री महतले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने भन्दै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्।
गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नभई अब शहीद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा अघि बढाइने भएको हो। सञ्चालनको प्रारुप टुंगो लागेपछि अब छिट्टै सञ्चालन हुने बाटो खुलेको हो।
Facebook Comments Box