धनगढी – गणतन्त्र दिवसको अवसरमा धनगढीमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले धनगढीको पार्क मोडमा रत्तदान कार्यक्रमको आयोजना गरेको हो ।
क्रान्तिकारीका प्रदेश कमिटि अध्यक्ष दिपक डिसीले रक्तदान कार्यक्रममा सहभागी भएर ३५ जनाले रगत दान गरेको जानकारी दिए ।
रक्तरञ्जित क्रान्तिकारीको इतिहासलाई ब्युँताउने उद्देश्यले गणतन्त्र दिवसमा रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।
Facebook Comments Box