काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वाधार विकास साझेदार कार्यक्रम पुनः सुरू गरिएपछि सांसदहरू वडाध्यक्षको तहमा आएको टिप्पणी गरेका छन्।
अर्थमन्त्री प्रकाशशरण महतले सोमबार बजेट वक्तव्यका क्रममा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ५ करोड विनियोजन गरेको बताएका थिए।
‘सांसद विकास कोष पाउनु भएपछि बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो। वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीयज्यूहरू?’
सांसद विकास कोषको लागि ८ अर्ब २५ करोड रूपैयाँ विनियोजन गरिएको महतले बताएका थिए।
Facebook Comments Box