कैलाली: रेशम चौधरी र रञ्जिता चौधरी टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालक टेकबहादुर साउदको घर पुगेका छन् । कारागारबाट रिहा भएर कैलाली पुगेलगत्तै उनीहरू स्व.साउदका अभिभावक भेट्न पुगेका हुन् ।
सो क्रममा रेशमले घटनाको सत्यतथ्य बाहिर ल्याउन आफूले पहल गर्ने बताएका छन् । उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दा धेरै तथ्य बाहिर आउने भन्दै सरकारलाई उक्त प्रतिवेदन सार्वजनिक गर्न समेत आग्रह गरेका छन् ।
उनले टीकापुर घटना पहिचानको आन्दोलनका क्रममा भएको भन्दै यसलाई राजनैतिक ढङ्गबाट हल गरिनुपर्ने बताउँदै आएका छन् ।
सोही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचन हुँदै हाल मन्त्री रहेकी रेशम पत्नी रन्जिताले पनि सरकारले उक्त घटनामा सहादत प्राप्त गरेकाहरुलाई न्याय दिनुपर्ने बताएकी छन् ।
२०७२ भदौ ७ गते आन्दोलनका क्रममा अढाइ वर्षका साउदसहित ८ प्रहरीको ज्यान गएको थियो ।