स्याङ्जा – टिकापुर घटनाका मुख्य आरोपित रेशमलाल चौधरीलाई आममाफी दिएको प्रति स्याङ्जाको पुतली बजारमा विरोध प्रदर्शन भएको छ । पुतली बजार नगर कमिटी युवा सङ्घले र्यालीसहित विरोध प्रदर्शन गरेका हुन्।
गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिएपछि चौधरी सोमबार बिहान रिहा भए ।
एमालेको भातृ सङ्गठन युवा सङ्घसहित एमाले नेता सम्मिलित समूहले प्ले कार्ड बोकेर नारा लगाउँदै मुख्य बजार परिक्रमा गरेका छन्।
टीकापुर घटनाका मुख्य दोषी चौधरीलाई तीन तहका अदालतले दोषी ठहर गरेको अवस्थामा सरकारले षडयन्त्रपूर्वक दिइएको आममाफीविरुद्ध विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले सरकार र राष्ट्रपतिविरुद्ध चर्को नारा लगाएका छन् ।
Facebook Comments Box