काठमाडौँ – बाँकेमा बसले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
धनगढीबाट आउँदै गरेको मे १ ख ३३३५ नम्बरको बसले काठमाडौँबाट कोहलपुरतर्फ जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ ।
दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका सुवास अधिकारी र सुर्खेतको वीरेन्द्रनगरकी अन्दाजी ५४ वर्षीया डा. सञ्जु खाती खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box