धनगढी – सुदूरपश्चिमको धनगढीमा राष्ट्रिय किशोर सञ्जाल नेपाल,राष्ट्रिय किशोरी सञ्जाल र सिविन नेपालको संयुक्त आयोजनामा तीन दिने जीवनउपयोगी सीप तालिम सुरु भएको छ। आजबाट सुरु भएको तालिम जेठ १८ गते सकिने छ।
किशोर किशोरीहरूलाई सञ्चार, सहकार्य, आत्मबोध, समानुभूति, नेतृत्वक्षमता, आइपरेका समस्याको समाधान निकाल्न सक्ने क्षमता, अन्य व्यक्तिहरुसँग असल सम्बन्ध स्थापना, तथा वसुधैव कुटुम्बकम्को भावना जस्ता जीवनोपयोगी सिप जरुरी रहेको र जीविकोपार्जन कार्य गर्न जीवनउपयोगी सीपको आवश्यकता पर्ने भएकोले सो तालिमको आयोजना गरेको बताइएको छ।
तालिमको प्रमुख प्रशिक्षक बालिका दुलही होइनन् की राष्ट्रिय संयोजक तथा बाल अधिकारकर्मी निरिजना भट्ट हुनुहुन्छ भने तालिममा प्रदेशका विभिन्न जिल्लाको प्रतिनिधित्व गर्दै ३० जना किशोर किशोरीको सहभागिता रहेको छ।
Facebook Comments Box