बैतडीः नेपाल–भारत साहित्य सम्मेलन सम्पन्न भएको छ। बैतडीको डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरमा आयोजित चर्मण्यावती साहित्य सम्मेलत तथा नेपाल–भारत काव्य गोष्ठी २ दिन सञ्चालन गरिएको थियो।
मंगलबार डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशी र राष्ट्रियता संरक्षण अभियानका अभियान्ना हेमबाबु लेखकद्वारा संयुक्त हस्ताक्षरित ११ बुँदे घोषणापत्र जारी गर्दै कार्यक्रम सम्पन्न भएको हो।
स्थानीय लोक संस्कृतीको संरक्षण गर्ने उद्देश्यले डिलाशैनीमा कार्यक्रम गरिएको युवा अभियान्ता महेश दत्त भट्टले बताए।
घोषणापत्रमा चर्मण्यावती नदी तटीय क्षेत्रको संरक्षण तथा विकासका लागि यस क्षेत्रका पालिकाहरुको संयुक्त प्रयासबाट चर्मण्यावती तटीय क्षेत्र विकस समिति गठनको पहल गर्ने र प्रदेश स्तरीय विकास समिति गठन माग गर्ने, जेठ शुक्ल दशमी गंगा दशहराका दिन चर्मण्यावती दिवस मनाउने तथा भाषा, साहित्य, कला, संस्कृति, मानवशास्त्र, इतिहासको क्षेत्रमा कार्य गर्न स्थानीय प्रज्ञा प्रतिष्ठान गठन गर्ने तथा स्मारिका प्रकाशन गर्ने उल्लेख छ।