धनगढी: नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ धनगढी पुगेका छन्। आज बुधबार भर्खर उनी धनगढी पुगेका हुन्।
विप्लव पार्टीको प्रशिक्षणका लागि यहाँ आएको सुरक्षा स्रोतले जानकारी दिएको छ। कैलालीको सुखड हुँदै सडकमार्गबाट धनगढी छिरेका विप्लवले अहिले धनगढीको सनलाइट होटलमा खाना खाएर ओम प्यालेशमा प्रशिक्षण दिने कार्यक्रम छ।
नेकपाको सेती तथा महाकाली व्यूरोले उक्त राजनैतिक तथा वैचारिक प्रशिक्षण आयोजना गरेको हो।
Facebook Comments Box