कञ्चनपुर: कञ्चनपुरमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा जुत्ताको माला लगाएको आरोपमा प्रहरीले राप्रपाका दुई कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिरमा जुत्ता हानेको र माला झुण्ड्याएको आरोपमा बिहीबार प्रहरीले राप्रपा कञ्चनपुरका जिल्ला समिति सदस्य जयकिसन बोहरा र भीमदत्त नगर सचिव किसन चन्दलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले राप्रपाका दुई कार्यकर्तालाई सोधपुछका लागि ल्याइएको बताए ।
जेठ १५ गते गणतन्त्र दिवसका दिन राप्रपाको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमका क्रममा महेन्द्रनगरको भानुचोकमा राप्रपाका केही कार्यकर्ताले राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा जुत्ताको माला लगाएका थिए ।
Facebook Comments Box