धनगढी: धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पस र सौभाग्य अस्पताल प्रालीबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता गरिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनको विशेष पहलमा सो क्याम्पसमा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकलाई सहज र सुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्न उक्त सम्झौता गरिएको बताइएको छ ।
अस्पतालमा सेवा लिन जाँदा क्याम्पसको परिचय पत्र वा पहिचान खुल्ने प्रमाण पेश गरी सेवा लिन सकिने जनाइएको छ ।
सम्झौता अनुसार अस्पतालबाट प्रदान गरिने विभिन्न सेवा सुविधामा ५ देखि २५ प्रतिशतसम्म छुट दिइनेछ ।
Facebook Comments Box