काठमाडौँ – भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका हरिभक्त महर्जन अदालतमा हाजिर भएका छन् ।
बिहीबार काठमाडौँ जिल्ला अदालतमा उनी हाजिर भएका हुन् । यसअघि उनकी पत्नी लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरिसकेको थियो ।
अदालतमा हाजिर हुन आएका महर्जनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । अदालतबाट अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिएर महर्जनविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले तयारी गरिरहेको छ ।
Facebook Comments Box