बैतडी: बैतडीको सुर्नया गाउँपालिका-५ को रडीगाउँमा लिफ्ट प्रणालीबाट खानेपानी पुगेको छ । गाउँपालिकाका इन्जिनियर कपिलदेव भट्टका अनुसार मुहानबाट झण्डै १८० मिटर उचाइमा रहेको गाउँमा आकुडी खोलाबाट खानेपानी पुर्याइएको हो ।
आकुडी खोला लिफ्ट खानेपानी योजनाबाट सुर्नया ५ को रडीगाउँ र धुलिधारमा खानेपानीको व्यवस्था गर्ने योजना रहेको छ । मुहानमा ३५ हजार लिटर क्षमताको ट्यांकी निर्माण गरिएको छ । गाउँपालिकाका सब इन्जिनियर शेरसिंह विष्टले रडीगाउँमा पनि ३५ हजार लिटर क्षमताकै ट्यांकी निर्माण गर्ने योजना रहेको बताए ।
सुदूरपश्चिम प्रदेश सरकार र सुर्नया गाउँपालिकाको संयुक्त लगानीमा सो खानेपानी योजना निर्माण भइरहेको हो । ४० लाखको लागतमा निर्माण भइरहेको योजना अन्तर्गत रडीगाउँका घरघरमा धारा निर्माण गरिनेछन् ।
Facebook Comments Box