डडेल्धुरा: डडेल्धुरामा बजार अनुगमनका क्रममा भेटिएको अखाद्य वस्तु नष्ट गरिएको छ । जिल्लाको भागेश्वर गाउँपालिकास्थित भागेश्वर बजारमा शुक्रवार अनुगमन गरिएको हो ।
गाउँपालिकासँगै स्थानीय प्रशासन र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराको संयुक्त बजार अनुगमन टोलीले पालिकाभित्रका विभिन्न बजारमा अनुगमन गरेको बताइएको छ ।
अनुगमन टोलीले भागेश्वर-५ को सिराड, बुर्सा र खानीडाँडा, २ को रुइनपाटा र बयलपाटामा गरी १७ पसलमा अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत भारतीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए ।
अनुगमनका क्रममा ७१ हजार ८० रुपैयाँ बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको छ ।
Facebook Comments Box