कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले एक लाख मूल्य बढीका अवैध सामान बरामद गरेको छ । जिल्लाको बेलौरी र भीमदत्त नगरपालिकाबाट प्रहरीले एक लाख पाँच हजार दुई सय मूल्यका भन्सार छलीका अवैध सामाजन बरामद गरेको हो ।
बेलौरी–६ प्रेमनगरबाट एक सय किलो कुखुरा, चिनी, प्लाष्टिक, से १ प ४००९ नम्बरको मोटरसाइकल गरी ७० हजार मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
त्यस्तै, भीमदत्त नगरपालिका–११ मा भारतबाट भन्सार छली ल्याएका दाल, पेय पदार्थ र बिडी लगायतका ३५ हजार २ सय मूल्य बराबरको सामान बेवारिसे अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको जनाएको छ ।
Facebook Comments Box