धनगढी: कैलालीमा गेटा मेडिकल कलेजलाई शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै धर्ना दिइएको छ । आइतवार बिहान १० बजेर ४० मिनेटदेखि आधा घण्टा जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेटमा संघर्ष समितिले धर्ना दिएको हो ।
सरकारले गेटामा विश्वविद्यालय बनाउने निर्णय गरेको भएपनि अगामी आर्थिक वर्षको बजेटमा शहीद दशरथ्चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापना गर्ने उल्लेख गरेपछि आन्दोलित संघर्ष समितिले धर्ना दिएको हो ।
संघर्ष समितिले सरकारले २९ माघमा मन्त्रिपरिषद् बैठकबाट गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भनी गरिएको निर्णय कार्यान्वयन गर्न माग गरेको छ । सरकारले गरेको उक्त निर्णय कार्यान्वयन नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने संघर्ष समितिले जनाएको छ ।
Facebook Comments Box