डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयका प्रशासन कक्षहरुमा तालाबन्दी गरिएको छ।
सरकारले गत जेठ १५ गते ल्याइएको बजेटले विद्यालयका कर्मचारीहरुको माग सम्बोधन नगरेको विरोधस्वरुप नेपाल विद्यालय कर्मचारी युनियन परशुराम नगरपालिका कार्यसमितिले विद्यालयका प्रशासन कक्षमा तालाबन्दी गरेको हो।
उनीहरुले विद्यालयमा ताला लगाएर प्रधानाध्यापकलाई चाबी बुझाउने र उक्त अवधिभर विद्यालयमा उपस्थित नहुने बताएका छन्। तालाबन्दी आगामी जेठ २६ गतेसम्म जारी रहने जनाइएको छ। जेठ २७ देखि असार १ गतेसम्म राजधानीको भद्रकालीमा अनशन बस्ने, असार २ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने र असार २६ गते बिहानैदेखि नगरपालिकामा विरोध गर्ने घोषणा गरिएको छ।
Facebook Comments Box