काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड क्षेत्रको प्रवर्द्धनका विशेष संयन्त्र बनाइने बताएका छन् ।
खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको मङ्गलवार उद्घाटन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।
बझाङ, बाजुरा, अछाम र डोटीको संगमस्थल खप्तडलाई खप्तड विकास प्रतिष्ठान वा खप्तड विकास कोषको रूपमा विकास गरिने प्रधानमन्त्रीको भनाई छ ।
प्रकृतिले दिएको स्वर्गलाई सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उनले विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका भारतका प्रसिद्ध योगगुरु बाबा रामदेवसमक्ष खप्तडको विकासका लागि आवश्यक सहयोगको अपिलसमेत गरेका छन् ।
Facebook Comments Box