कैलाली : धनगढीबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ।
जिल्लाको धनगढी उप–महानगरपालिका वडा नम्बर १ चक्मेली र वडा नम्बर २ त्रिनगरबाट भन्सार छलीका सामान बरामद गरिएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार मंगलवार धनगढी उपमहागरपालीका-१ चक्मेली स्थित सु-प-प्र-०१००१ ह ५१०४ नम्बरको अटोमा भारतबाट भन्सार छली ल्याइएका ९८ हजार तीन सय ५० रुपैयाँका मोवाईलका विभिन्न पार्ट पुर्जाहरु बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले उल्लेखित सामानहरु सहित अटो, अटो चालक धनगढी उपमहानगरपालिका वडा नम्बर १ का ३० वर्षीया सारदा नेपाली र धनगढी-८ की पार्वती रानालाई समेत प्रहरीले पक्राउ गरेको छ।
यस्तै धनगढी उपमहागरपालीका वडा नम्बर २ त्रिनगर स्थित भारतबाट भन्सार छली ल्याईएको सुर्ती,प्लाष्टिक झिल्ली,चिनी,मसला,सोडा,मिस्री,पास्ता लगायतका १९ हजार ५ सयका मालसामानहरु बेबारीसे अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले उल्लेखित सामानहरु बरामद गरेको हो।