धनगढीः कैलालीका एक नेताले अर्काकी श्रीमती भगाएर लगेका छन् । नेपाली कांग्रेस (विपी) कैलाली क्षेत्र नम्बर ५ को (२) बाट २०७९ मंसिरमाको चुनावका उम्मेदवार दीपकराज खैरले अर्काकी श्रीमती भगाएका हुन् ।
उनी आफ्ना चार छोराछोरीसहित श्रीमतीलाई छोडेर अर्कैकी श्रीमती लगेर फरार भएका छन् । धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीका खैरले दैलेख निवासी विवाहित महिला गङ्गा क्षेत्रीलाई भगाए भारतको बैंगलोर गएका हुन् ।
उनकी श्रीमती जानकी खैरले कैलाली जिल्ला अदालतमा श्रीमानविरुद्ध बहुविवाहको मुद्दा दायर गरेकी छन् । दैलेख घर भएकी गङ्गा क्षेत्री दुई सन्तान छोडेर खैरसँग भागेको जानकी खैरले बताइन् ।
Facebook Comments Box