कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामानसहित २ जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१६ मझगाउँमा बेदकोट नगरपालिका–७ का ३८ वर्षीय धर्म धामीले चलाई ल्याएको म १ प ७१२८ नम्बरको मोटरसाइकल पछाडी सवार सोही ठाउँका ४३ वर्षीय महेश बम पक्राउ परेका छन्।
उनीहरुको साथबाट भन्सार छलीका १ लाख ७ हजार ९ सय मुल्य बराबरका चिनी, गुड, तेल बरामद गरी पक्राउ गरिएको हो।
अस्थाई प्रहरी पोष्ट मझँगाउँबाट खटिएको प्रहरी टोलीले शुक्रवार मोटरसाइकलसहित दुवैजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box