धनगढीः नेपाली काँग्रेस कैलालीले जिल्ला उपसभापति भीम बडुवाललाई स्पष्टीकरण सोध्ने भएको छ । नेपाली काँग्रेस कैलालीको १२औँ जिल्ला समितिको कैलालीको चुरे-५ सहजपुरमा बसेको बैठकमा सम्मेलनको समीक्षाको एजेण्डमा कुरा उठेपछि जिल्ला समितिले उक्त निर्णय गरेको हो ।
जिल्ला सम्मेलनअघि लम्कीमा सम्पादन समिति बैठकले एजेण्डा पारित गरेको थियो । बैठकमा सहभागीहरुले उपसभापति बडुवाललाई जवाफ मग्न दवाब दिएका थिए । सोही विषयमा बडुवाललाई स्पष्टीकरण सोधिने कैलाली काँग्रेसका सभापति नारायणदत्त भट्टले बताए ।
Facebook Comments Box