मुगु: खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउँदा करेन्ट लागेर सोही नगरपालिका–४ भामवाडाका २२ वर्षीय सञ्जय भामको मृत्यु भएको हो ।
उनी ब्याट्री र १२ भोल्टको इन्भर्टर लगेर खोलामा माछा मार्न गएका बताइएको छ । खोलामा करेन्ट लागेर बेहोस भएपछि जिल्ला अस्पताल मुगु पु¥याइएका उनकोे अस्पताल पुगेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Facebook Comments Box