एजेन्सी: बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । तत्कालै लागु हुने गरी उनले राजीनामा दिएका हुन् ।
जोनसनले राजीनामा दिएपछि रिक्त भएको सिटमा उपचुनाव हुने समाचार संस्था एपीले जनाएको छ । कोरोनासम्बन्धी नियम पालना नगरेको विषयमा उनीमाथि हाउस अफ कमन्सलाई भ्रमित गरेको आरोप छ । तर उनले कोभिड–१९ का सबै नियम पालना गरेको बताउँदै आएका छन् ।
संसद्को विशेषाधिकार समितिले जोनसनले लापरबाही वा जानाजानी सांसदलाई गुमराह गरेको प्रमाणित भएमा उनलाई १० दिनभन्दा धेरै सांसद पदबाट निलम्बन गर्न सिफारिस गर्न सक्छ । प्रधानमन्त्री हुँदा कोभिड–१९ का नियमहरू तोडेर पार्टी गरेपछि उनको आलोचना भएको थियो ।
Facebook Comments Box