काठमाडौँ: काभ्रेको पाँचखाल नगरपालिकाका किसानहरूले टमाटरको बजार मूल्य नपाएपछि खोलामा फालेका छन् ।
बारीमा राम्रो गोलभेडा उत्पादन गरे पनि बजार मूल्य नपाउँदा किसानहरूले आज नगरपालिकाको झिगु खोलामा लगेर फालेका हुन् ।
भारतबाट भित्रिने विषादीयुक्त तरकारीका कारण स्थानीय उत्पादनले बजार र मूल्य नपाएको भन्दै किसानहरुले स्थानीय सरकारले समेत समन्वय नगरेको आरोप लगाए ।
Facebook Comments Box