काठमाडौँ: एक जना नेपालीले आमाको पुण्य तिथि अर्थात् श्राध्दमा केक काट्न तयार रहेको फोटो पोष्ट गरेपछि धेरैतिरबाट विरोध गरिएको छ ।
पोषणविद् तथा चिकित्सकहरुले पितृहरुलाई पनि पत्रु खाना (जंक फुड) खुवाएको भन्दै व्यङ्ग्य गरेका छन् । पोषणविद् डा. अरुणा उप्रेतीले डा.करुणा वन्तको फेसबुकबाट साभार र सेयर गरेको उक्त केकबारे लेखेकी छन्, ‘हाम्रा पितृहरुलाई समेत पत्रु खाना ख्वाउने के चलन आयो ? अब किरियापुत्रीहरुले पनि यस्तो खाना खालान् ?’
केकमा ‘हार्दिक श्रद्धाञ्जली आमा, स्वर्गमा बास होस्’ भनेर लेखिएको छ । उक्त फोटो र केकमा लेखिएको स्टाटसलाई तोयनाथ भट्टराईले सांस्कृतिक विचलनको रुप भनेका छन् । रामेश्वर पन्त लेख्छन्, ‘अब त पिण्डको सट्टा मोमोका डल्ला चढाउन पनि सक्लान् ।’
Facebook Comments Box