धनगढीः धनगढी उपमहानगरपालिका–१ शिवनगरबाट हराएका १५ वर्षीय अमृत विष्ट फेला परेका छन् । उनी अत्तरियास्थित गोदावरी नगरपालिकाको लामीताल क्षेत्रमा फेला परेका हुन् ।
उनलाई अहिले प्रहरीले उनका काका नरेश विष्टको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए । बैतडीको सुर्नया गाउँपालिका घर भएका उनी आफ्ना काकासँग शिवनगरमा बस्दै आएका थिए ।
Facebook Comments Box