धनगढी: धनगढीमा करिब १६ क्विन्टल अवैध माछासहित कञ्चनपुरको बेलौरीका रामकुमार राना समातिएका छन् । धनगढी उपमहानगरपालिका–७ मनहेराबाट सुपप्र ०१००१ च ३४१९ नम्बरको जिपमा ल्याउँदै गरेको अवस्थामा उनी माछासहित समातिएका हुन् ।
जिप चालक बेलौरी नगरपालिका–७ का २१ वर्षीय रानाले ती माछा धनगढीबाटै खरिद गरेको बताए पनि पुष्टि हुने बिल भौचर नदेखिएपछि भारतबाट अवैध रुपमा ल्याएको आशंकामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बरामद गरिएका माछा जिल्ला प्रहरी कार्यालयले नष्ट गरेको छ भने जिप र चालकलाई भन्सार कार्यालय कैलालीमा बुझाइएको छ ।
Facebook Comments Box