धनगढी : कैलाली प्रहरीले खैरो हिरोईनसहित एकजनालाई पक्राउ गरेको छ ।
जिल्लाको कैलारी गा.पा. ७ बसन्तास्थित रामपुरबाट हसुलियातर्फ आउँदै गरेको स्कुटर चेकजाच गर्ने क्रममा चालक सुकानु चौधरीलाई खैरो हिरोईनसहित पक्राउ गरिएको हो।
लागुऔषध ब्युरो नेपालगंज र इलाका प्रहरी कार्यालय हसुलिया बाट प्र.ना.नि. को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले चौधरीको साथबाट ३८ ग्राम ४८० मिलिग्राम खैरो हिरोईन बरामद गरेको छ ।
प्रहरीले चौधरी र स्कुटरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box