बिमल बाेहरा, डडेल्धुरा: डडेल्धुरामा धान रोपाइँ सुरु भएको छ। जिल्लाको अमरगढी नगरपालिका- ३ डाेटी घटाल क्षेत्रमा यस वर्षकाे धान रोपाइँ सुरु भएकाे हो।
धान उत्पादनमा जिल्लाकै उत्कृष्ट मानिने उक्त क्षेत्रमा शनिबारदेखि रोपाइँ सुरु भएकाे छ। अहिले उक्त क्षेत्रमा हिउँदे बाली आलु खनेर धमाधम रोपाइँ भइरहेको छ। पछिल्लो समय कृषिमा आधुनिकरण हुँदा रोपाइँ गर्न केही सजिलाे भएकाे स्थानीय कृषक रेनुका जैसी बताउँछिन्।
जिल्लामा सिचाईं हुने स्थानमा समयमै रोपाइँ गरिन्छ भने सिचाईं हुने अवस्था नभएका ठाउँमा आकाशको पानीको भर पर्नुपर्ने हुन्छ।
Facebook Comments Box