धनगढी: राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेश सभा सदस्य खेमादेवी विष्टले प्रदेशसभा बैठक बहिष्कार गरेकी छिन्।
कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग राख्दै प्रदेशबासी आन्दोलित भएकाले प्रदेश सभा बैठक बहिष्कार गरेकी हुन्.
सभामा बोल्दै विष्टले भनिन्, ‘अहिले मेडिकल कलेज सञ्चालनका लागि प्रदेशबासी आन्दोलित छन्। आज बन्दको घोषणा पनि गरिएको छ। यस्तो समयमा प्रदेश सभा बैठक सञ्चालन हुनु उचित होइन तसर्थ बैठक स्थगित गरिनुपर्छ। साथै आजको बैठक म बहिष्कार गरेको छु।’
Facebook Comments Box