काठमाडौँ: रुपन्देहीको तिलोत्तमामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा जिप चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ का ३२ वर्षीय विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा२०च १४३८ नम्बरको स्कार्पियो जिप सिद्धार्थ राजमार्गअन्तर्गत तिलोत्तमा–३ शान्तिकुन्जमा अनियिन्त्रत भई बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा जिपमा सवार अन्य पाँच जना घाइते भएका छन् । १७ वर्षीय सुशान श्रेष्ठ, १८ वर्षका विप्लव श्रेष्ठ, ४५ वर्षका सुरेन्द्र श्रेष्ठ, ३१ वर्षका विज्ञान श्रेष्ठ र ३५ वर्षका विशाल श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box