काठमाडौँ: नेकपा (एमाले)का नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरमा पूजा गरेकोप्रति टिप्पणी गरेका छन् । शनिवार प्रधानमन्त्रीले पशुपतिनाथ मन्दिरमा पूजा गरेपछि आइतवार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले सोप्रति टिप्पणी गरेका हुन् ।
उनले यही ’चिन्तन २०५२ सालतिर आएको भए राष्ट्रिय राजनीति कस्तो हुन्थ्यो होला ?’ भन्दै प्रश्न गरेका छन् । साथै भारतको इन्दौरमा गेरू बस्त्र लगाई पूजा गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई आध्यात्मिक अनुभूति र पशुपतिनाथको सम्झना हुने बताएको समेत रावलले स्मरण गरेका छन् ।
’प्रमं प्रचण्डले मन्त्रीहरूसहित पशुपतिनाथको दर्शन गर्नुभएछ । यस्तो चिन्तन उहाँमा २०५२ सालतिर आएको भए राष्ट्रिय राजनीति कस्तो हुन्थ्यो होला ?,’ उनले भनेका छन्, ’प्रमंले भारतको इन्दौरमा गेरू बस्त्र लगाई पूजा गरेपछि भारतीय प्रमंले प्रचण्डलाई अध्यात्मिक अनुभूति र पशुपतिनाथको सम्झना हुने भन्नुभएको थियो !?’