कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले झण्डै ३ लाखका भन्सार छलीका सामान बरामद गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–४ बाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो ।
भीमदत्त–४ गल्ली नम्बर–१ मा भारतबाट भन्सार छली ल्याएका सामानसहित भीमदत्त–१० जिमुवाका २२ वर्षीय महादेव पोखरेल पक्राउ परेका छन् । उनी तुलको कपडा, सारी लगायतका १ लाख ३४ हजार मूल्य बराबरका सामानसहित पक्राउ परेका हुन् ।
उनले चलाएको म २ प २२२१ नम्बरको मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनलाई नियन्त्रणमा लिएको छ । त्यस्तै, भीमदत्त–४ बसपार्कबाट भन्सार छली ल्याएका १ लाख ५४ हजार ६ सय ५० मूल्य बराबरका भेष्ट, कट्टुहरु बेवारिसे अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको छ ।
Facebook Comments Box