धनगढीः नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सुरेन्द्र पाल नियुक्त भएका छन्। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले पाललाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।
एमाले बैतडीका अध्यक्ष समेत रहेका पाल बैतडीबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। उनलाई एमालेले प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को १ बमोजिम एमाले संसदीय दलको प्रमुख सचेतक पदमा सोही विधानको दफा १२ अनुसार काम, कर्तव्य र अधिकार प्रयोग गर्ने गरी नियुक्त गरेको दलका नेताद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
Facebook Comments Box