पत्रकार ऋषि धमला ‘जनता जान्न चाहन्छन्’ टेलिभिजन कार्यक्रमको पर्यायवाची हुन् । उनी अतिथिलाई स्टुडियोमा बोलाएर कहिलेकाँही हुर्मत लिन्छन् । हालै एमाले नेता डा. भीम रावलसँगको अन्तर्वार्तामा धमलाले एकोहोरो बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
उनै धमलाको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको थेगोलाई श्रीमती एलिजा गौतमले साथी विशाल गुरुङसँग चियर्स गर्दै उडाएकी छन् । गुरुङको टिकटकमा धमलालाई उडाउँदै ‘हामीचाहिँ एक अर्कालाई सहि तरिकाले चाहन्छौं’ भनी वाइन चियर्स गरेको देखाइएको छ ।
विशालले लेखेका छन्, ‘जनताले के जान्न चाहन्छन् त्यो थाहा भएन । हामीचाहिँ एक अर्कालाई सहि तरिकाले चाहन्छौं ।’ निकै अर्थपूर्ण स्टाटस, स्टाटससँग मेल खाने फोटो र भिडियोका कारण एलिजा गौतम र विशाल गुरुङ एकाएक चर्चामा आएका छन् । जनआस्था
Facebook Comments Box