कञ्चनपुर: कञ्चनपुरको एक फोटो स्टुडियो र भू-सेवा केन्द्रमा आगलागी भएको छ । जिल्लाको भीमदत्त नगरपालिका-४ मालपोत कार्यालय अगाडि रहेको भीमदत्त-२ का गणेश रावलको भू सेवा केन्द्रमा आगलागी भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार बिजुलीको तार सर्ट भएर आगो लागेको र आगलागीबाट भू-सेवा केन्द्रमा रहेका सम्पूर्ण सामान जल्दा दुई लाख ८१ हजार सात सय रुपैयाँको क्षति भएको छ ।
त्यस्तै, सोही स्थानमा भीमदत्त-१० सुकासालकी भगवती रावल थापाले सञ्चालन गरेको रेखा फोटो स्टुडियोमा पनि आगलागी भएको छ । फोटो स्टुडियोका कम्प्युटर, प्रिन्टर र स्क्यानर क्यामरा जलेर नष्ट भएका र क्षतिको विवण नखुलेको बताइएको छ ।
Facebook Comments Box