बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका-१ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीमा पानी सकिएपछि सुत्केरी सेवा बन्द गरिएको छ ।
आकाशे पानीको भरमा सञ्चालन भइरहेको सो स्वास्थ्य चौकीमा जम्मा गरेर राखेको पानी पनि सकिएपछि सुत्केरी सेवा बन्द गरिएको हो ।
पानीका लागि विभिन्न निकायसँग हारगुहार गर्दा पनि पानी दिनका लागि कतैबाट कुनै किसिमको सहमति नभएको अस्पतालले जनाएको छ । अस्पतालले पानीको व्यवस्था नहुन्जेलसम्मका लागि सुत्केरी सेवा बन्द गरिएको जनाएको छ ।
Facebook Comments Box