काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नयाँ दिल्ली उडेका छन् ।
अध्यक्ष ठाकुर आज दिउँसो सवा २ बजे नेपाल वायुसेवा निगमको उडान नम्बर आर ए २१७ मा काठमाडौंबाट प्रस्थान गरेका हुन् ।
आजै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल कलकता गएको बताइएको छ । मन्त्रालयका अनुसार कलकत्तामा हुन लागेको बिमस्टेक बिजनेस कन्क्लेभमा सहभागी हुन दिउँसो साढे २ बजे एअर इण्डियामा मन्त्रीसहित चार जनाको टोली गएको हो ।
टोलीमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टसमेत छन् ।
Facebook Comments Box