धनगढी: नेकपा एमाले निकट अनेरास्ववियुको कैलाली जिल्लाको संयोजकको जिम्मेवारी रोहित बोगटीलाई दिइएको छ। बोगटीलाई अनेरास्ववियुको केन्द्रीय कमिटीको दोस्रो बैठकले संयोजक तोकेको हो।
उनलाई कैलालीको संयोजक तोकेको अनेरास्ववियु कैलालीका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य किशोर शाहले जानकारी दिए। बोगटी यसअघि अनेरास्ववियु कैलालीको सचिव थिए।
तर यता हालै अनेरास्ववियु कैलालीको इन्चार्ज तोकिएका प्रमोद खड्काले भने कैलाली संयोजक तोकिएको विषय आफूलाई थाहै नभएको जनाएका छन्।
उनले संयोजकको जिम्मेवारी कसैलाई नदिइएको पनि दाबी गरेका छन्।
Facebook Comments Box