काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई कार्यालय पोसाक, कार्यालयको सवारी साधन र कार्यालय हाताभित्र टिकटक नबनाउन निर्देशन दिएको छ ।
पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको र व्यक्तिगत प्रचारमा बढी लागेको भन्दै टिकटक बनाउन रोक लगाइएको हो ।
यसअघि भिडिओ नबनाउन सुझाव दिए पनि कर्मचारीले अटेर गरेपछि त्यसलाई नियन्त्रण गर्न निर्देशन नै दिइएको मन्त्रालयका प्रवक्ता एवं सह-सचिव कमलप्रसाद भट्टराईले जानकारी दिए।
यदि निजामती कर्मचारीले कार्यालय पोसाक, सरकारी सवारी साधन र कार्यालय हाताभित्र टिकटक बनाएको पाइएमा अनुशासन नियम अन्तर्गत कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको उनले बताए।
Facebook Comments Box