काठमाडौं: विद्यालयको शौचालय बनाउँदा घुस खाएको खुलेपछि कास्कीका एक प्रधानाध्यापकविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा चलाइएको छ।
माछापुच्छ्रे गाउँपालिका–६ स्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पौडेलविरुध्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले विद्यालयको शौचालय निर्माण गर्नको लागि निकासा भएको रकम र विद्यालयको अक्षय कोषको रकम हिनामिना गरेको अख्तियारको निष्कर्ष छ ।
प्रधानाध्यापक पौडेलले शौचालय निर्माणका लागि आएको २ लाख र विद्यालयको नाममा रहेको अक्षय कोषको १ लाख १२ हजार गरी ३ लाख १२ हजार रुपैयाँ हिनामिना गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए । त्यसैले, उनीमाथि भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ बमोजिमको कसुरमा कैद र बिगो मागदाबी गरिएको छ ।
Facebook Comments Box