धनगढी: नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । रेशम र उनकी पत्नी समेत रहेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सोमवार प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्रीसँगको भेटवार्तामा उनीहरुले पूर्व सहमतिअनुसार सुदूरपश्चिम सरकारमा दुईमन्त्री र एक राज्यमन्त्री दिन माग गरेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले नाउपासँग भएको सहमति अनुसार नै मन्त्रालय उपलब्ध गराउने प्रतिबद्धता जनाएको चौधरीले बताए ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पछिल्लो पटक जेठ ६ मा नाउपालाई बाहिरै राखेर मन्त्री मण्डल विस्तार गरेका थिए । मुख्यमन्त्री शाहले नाउपालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मात्र दिएर मन्त्री मण्डललाई पूर्णता दिन खोजेका थिए ।