काठमाडौँ: अर्थमन्त्री डा. प्रकाशशरण महतले गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान नभई स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने बताएका छन् ।
नाम जे दिए पनि यो विश्वविद्यालय नै भएको भन्दै उनले आगामी आर्थिक वर्षमा मात्र १ अर्ब १५ करोड बजेट सुनिश्चित गरिएको जानकारी दिए । सोमबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले पूर्ण क्षमतामा विश्वविद्यालय चलोस् भन्ने सरकारको मनसाय रहेको बताए ।
चालु आर्थिक वर्षमा गेटामा शिक्षा र स्वास्थ्य मन्त्रालय दुवैबाट बजेट छुट्याइएको पनि उनको भनाइ छ ।
Facebook Comments Box