धनगढी: कञ्चनपुरमा एक वडा सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका-९ कि वडा सदस्यसमेत रहेकी एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार एमालेबाट निर्वाचित वडा सदस्य घुम्नीदेवी प्रहरी नियन्त्रणमा छिन्। पर-पुरुषसंग भागेर पोइल गएकी उनलाई आफन्तले खोजतलासका लागि प्रहरीमा निवेदन दिएपछि नियन्त्रणमा लिइएको हो। उनी एक साता अगाडि बाँकेका एक युवकसित भागेर गएकी थिइन्। बाँके प्रहरीसंगको समन्वयमा उनलाई नियन्त्रणमा लिइएको झलारी प्रहरीले जनाएको छ।
उनलाई भगाउने मान्छेले प्रहरीसमक्ष बुझाउन भने अर्कै व्यक्तिलाई पठाएका थिए। अब घटनामा दुवै पक्षलाई राखेर मंगलबार छलफल गरिने बताइएको छ।
ती महिलाका श्रीमानले बुझ्न नमानेपछि घुम्नीदेवीलाई अहिले सेफहाउसमा राखिएको छ।
Facebook Comments Box